काठमाडौं । सरकारले भारत, चीन र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण शर्मा र अमेरिकाका लागि चीरन थापालाई सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्ले भारत, चीन र अमेरिकासहित १३ वटा देशका राजदूतहरू नियुक्ति गरेको हो । विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएको सरकारले जनाएको छ ।
अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ ।