काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ हजार रुपैयाँ घटेर प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।