काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।