×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

एप्पलले आईफोन १७ सँगै ल्यायो विश्वकै पहिलो USB PD 3.2 AVS प्रोटोकल सपोर्ट गर्ने चार्जर

एप्पलले आईफोन १७ सँगै ल्यायो विश्वकै पहिलो USB PD 3.2 AVS प्रोटोकल सपोर्ट गर्ने चार्जर

काठमाडौँ । एप्पलले गत हप्ता आफ्नो नयाँ आईफोन १७ सिरिजसँगै एउटा नयाँ विशेष चार्जर सार्वजनिक गरेको छ । एप्पल ४० वाट डायनामिक पावर एडप्टर विथ ६० वाट म्याक्स नाम दिइएको यो चार्जर यूएसबी पीबी (पावर डेलिभरी) ३.२ एभीएस (एडजस्टेबल भोल्टेज सप्लाई) प्रोटोकललाई सपोर्ट गर्ने विश्वमै पहिलो हो । जसले यसलाई अन्य चार्जरहरूभन्दा भिन्न र प्रभावकारी बनाएको छ ।

यो नयाँ चार्जरले कम्प्याक्ट ४० वाट प्याकेजमा शक्तिशाली ६० वाट चार्जरका केही लाभहरू प्रदान गर्दछ । एभीएस प्रोटोकलले विभिन्न भोल्टेज विकल्पहरू प्रदान गर्छ, जसले पावर स्रोतलाई स्मार्टफोन र ल्यापटपजस्ता उपकरणहरूलाई अझ सटीक र कुशल तरिकाले चार्ज गर्न मद्दत पुर्‍याउँछ ।

सुरक्षा, दक्षता र ब्याट्रीको आयुका लागि हाम्रा फोन र ल्यापटपका ब्याट्रीहरूले पूर्ण चार्जिङ साइकलमा अधिकतम इनपुटमा चार्ज सपोर्ट गर्दैनन् । बरु, ब्याट्री भरिँदै जाँदा चार्जिङ गतिलाई सुस्त बनाउन पूर्वनिर्धारित भोल्टेजहरूमा यसलाई नियमन गरिन्छ । एभीएसको साथमा पावर स्रोतले उपकरणलाई चार्ज गर्न आवश्यक आदर्श भोल्टेजको नजिक रहेर विभिन्न विशिष्ट भोल्टेज विकल्प प्रदान गर्न सक्छ, जसले ओभरहिटिङ बिना चार्जिङ स्पिड बढाउँछ ।

USB PD 3.2 AVS (Adjustable Voltage Supply) भनेको चार्जर र iPhone १७ बीच हुने स्मार्ट पावर–म्यानेजमेन्ट प्रोटोकल हो । जसले चार्जिङ गर्दा आवश्यक भोल्टेज र करेन्ट ससानो स्टेपमा मिलाएर पठाउँछ । जस्तै ३।३ भोल्ट देखि २१ भोल्टसम्म पठाउन सक्ने भएकाले फोनलाई छिटो, सुरक्षित र कम तापमा चार्ज गर्न सकिन्छ ।

आईफोन १७ ले यूएसबी(सी मार्फत यसलाई प्रयोग गरेर चार्जरसँग कुरा गर्छ । जस्तो कि ब्याट्री कम हुँदा बढी पावर माग्छ र ब्याट्री ८० प्रतिशत नजिक हुँदा पावर घटाउँछ । यसले ब्याट्रीको आयु जोगाउँदै फास्ट चार्जिङ (जस्तै ३५ वा वा त्यसभन्दा बढी) सम्भव बनाउँछ ।

यो चार्जरले वास्तविक ६० वाटको चार्जरजस्तै त्यो ६० वाटको पिक दरलाई सधैँ कायम राख्न सक्दैन । यही कारणले एप्पलले यसलाई ु६० वाट म्याक्सु सहितको ४० वाट चार्जरको रूपमा बेचेको छ, न कि ६० वाट चार्जरको रूपमा ।

एप्पलले आईफोन १७ मोडेलहरूका लागि २० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने फास्ट चार्जिङ भनेर दाबी गरेको छ । यो फास्ट चार्जिङ दर प्राप्त गर्न तपाईँलाई एप्पलको ३९ डलरको डायनामिक पावर एडप्टर आवश्यक पर्न सक्छ, वा एन्कर अथवा अन्य कम्पनीहरूले कस्टमाइज यूएसबी पीडी ३.२ एभीएस चार्जर उपलब्ध गराउने कुराको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

यस नयाँ चार्जरले मोबाइल प्रविधिमा चार्जिङ दक्षता र ब्याट्रीको स्वास्थ्यका लागि नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्