काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको सुन आज तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य आज बढेको छ । महासंघका अनुसार शुक्रबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।