काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३० रुपैयाँ घटेर प्रतितोला तिन हजार ६ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।