×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

एसरका गेमिङ ल्यापटप २० प्रतिशत डाउन पेमेन्टमै किन्न सकिने

एसरका गेमिङ ल्यापटप २० प्रतिशत डाउन पेमेन्टमै किन्न सकिने

काठमाडौँ । एसरका नयाँ मोडलका गेमिङ ल्यापटप ‘नाइट्रो भी १६ एस’ र ‘नाइट्रो १६ एस’ नेपाली बजारमा सार्वजनिक भएका छन् । नेपालका लागि एसरको आधिकारिक वितरक मर्कन्टाइलले गेमिङ र हाई पर्फमेन्सयुक्त ल्यापटप खोज्ने प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यी मोडल भित्र्याएको हो । यी ल्यापटपले विशेषगरी गेमर, कोडर, ग्राफिक्स डिजाइनर र भिडिओ एडिटरहरूको बढ्दो मागलाई सम्बोधन गर्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार एसर नाइट्रो ‘भी १६ एस’ मा एएमडी राइजेन ७–८२६० प्रोसेसर र ८ जीबी जीडीडीआर७ सहितको एनभिडिया जीफोर्स आरटीएक्स ५०५० ग्राफिक्स कार्ड रहेको छ । यसको मद्दतले १६ इन्चको १८० हर्ज रिफ्रेसरेट युक्त डिस्प्लेमा उत्कृष्ट गेमिङ अनुभव लिन सकिनेछ । नेपाली बजारमा यसको मूल्य एक लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, व्यावसायिक प्रयोजन र उच्च स्तरको गेमिङका लागि डिजाइन गरिएको ‘नाइट्रो १६ एस’ मा एएमडी राइजेन एआई ७–९३५० प्रोसेसर र १२ जीबी जीडीडीआर७ मेमोरी उपलब्ध छ । यसमा शक्तिशाली आरटीएक्स ५०७० टीआई ग्राफिक्स कार्ड प्रयोग गरिएको छ, जसको बजार मूल्य तीन लाख चार हजार ९९९ रुपैयाँ रहेको छ । 

विन्डोज ११ अपरेटिङ सिस्टम रहने यी दुवै ल्यापटपमा १६ जीबी डीडीआर५ र्‍याम उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, यी ल्यापटपमा अत्याधुनिक ‘थर्मल म्यानेजमेन्ट’ प्रणाली जडान गरिएको छ, जसले लामो समयसम्म काम गर्दा वा गेम खेल्दा पनि ल्यापटपलाई चिसो राख्न मद्दत गर्दछ ।

ग्राहकले यी ल्यापटपहरू सरल किस्ताबन्दीमा समेत खरिद गर्नसक्ने बताइएको छ । मर्कन्टाइलले गेमिङ ल्यापटपमा सबैभन्दा कम अर्थात् २० प्रतिशत ‘डाउन पेमेन्ट’ मा ईएमआई सुविधा उपलब्ध गराएको छ । 

मर्कन्टाइलका मार्केटिङ एन्ड ब्रान्ड म्यानेजर उत्सव शमशेर थापाले यी ल्यापटपहरूमा दुई वर्षको ब्रान्ड वारेन्टी समेत उपलब्ध हुने जानकारी दिए । उनले सामान खरिद गर्दा आधिकारिक मर्कन्टाइल ‘होलोग्राम’ जाँच गरेर मात्र खरिद गर्न ग्राहकहरूलाई आग्रह गरेका छन् । 

यति मात्र नभई, कम्पनीले नयाँ नाइट्रो र प्रिडेटर सिरिजका ल्यापटप खरिद गर्ने ग्राहकहरूका लागि १५ हजार रुपैयाँ बराबरको विशेष गेमिङ प्याकेज उपहार स्वरूप उपलब्ध गराउने जनाएको छ । उक्त प्याकेजमा गेमिङ हेडसेट, मेकानिकल कीबोर्ड, माउस र ल्यापटप ब्याकप्याक समावेश छन् ।

प्रतिकृया दिनुहोस्