×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

आज बढ्यो सेयर बजार

आज बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से, सेन्सिटिभ सूचकसहित समूगत सूचक बढेका छन् ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७७७ अंकमा कायम भएको छ । हिजो बजार ९ अंक बढेको थियो । आज पछिल्लो १५ मिनेटकौ भारित औसत मूल्य गणनाअघि नेप्से ९ अंक बढेको थियो ।

कारोबारका क्रममा दिउँसो साढे १ बजे नेप्से २७९६ अंकसम्म पुगेको थियो । जुन अंक आजका लागि अधिकतम रह्यो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडमा खुम्चियो । कारोबार रकम केही दिनयता नै घटेको छ । १४२ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो ।
सबै समूहका सूचक बढेका छन्, यद्यपि वृद्धिदर सबैको १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.४०, विकास बैंक ०.२०, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.२१, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.११, अन्य ०.०९ तथा व्यापार समूह ०.१८ प्रतिशत बढे ।

सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशत बढ्यो । त्यस्तै पियोर इनर्जीको ६.०९, इस्टर्न हाइड्रोपावरको ४.५८, सिटी होटलको ३.५८, बुटवल पावरको ३.२२ तथा उन्नति सहकार्य लघुवित्तको ३.१३ प्रतिशत मूल्य बढ्यो ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशत घट्यो । युनाइटेड मोदी हाइड्रोपावरको ४.१८ तथा युनियन हाइड्रोपावरको २.७२ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, बुटवल पावर र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्