×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

सेयर बजारमा कारोबार रकम सुक्खा

सेयर बजारमा कारोबार रकम सुक्खा

काठमाडौं । सेयर बजारमा कारोबार रकम सुक्खा लागेको छ । सोमबार जम्मा २ अर्ब ४५ करोडको कारोबार भयो । पूरा अवधिभर (४ घण्टा) कारोबार हुँदाको अवस्थामा यो कारोबार रकम २ वर्ष (२०८१ वैशाख २४) यताकै न्यून हो ।

तर सर्किट ब्रेकरका कारण पूरा अवधि कारोबार नहुँदा फागुन २५ गते ५५ करोडको मात्रै कारोबार भएको थियो । सो दिन सर्किट ब्रेकका कारण छोटो समय कारोबार भएकाले न्यून भएको थियो ।

अघिल्लो दिन ३ अर्ब ९ करोडको कारोबार भएको थियो ।

बजार परिसूचक नेप्से आज १.०३ अंक घटेको छ । सो कमीपछि नेप्से २७३० मा कायम भएको छ । ११९ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने १८ को स्थिर रह्यो । बैंकिङ ०.१४, विकास बैंक ०.०३, हाइड्रोपावर ०.१६, लगानी ०.०९ तथा अन्य समूह ०.३१ प्रतिशत बढे ।

फाइनान्स ०.०१, होटल तथा पर्यटन ०.२३, जीवन बीमा ०.०७, उत्पादन तथा प्रशाधेन ०.५८, माइक्रोफाइनान्स ०.२४, निर्जीवन बीमा ०.६९ र व्यापार ०.४८ प्रतिशत घटे ।

इङवा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.४२ प्रतिशत बढ्यो । त्यस्तै बुंगल हाइड्रोपावरको ६.३२, सगरमाथा जलविद्युत् कम्पनीको ३.२८ प्रतिशत बढ्यो । एसवाई प्यानलको मूल्य ३.६० प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, एसवाई प्यानल, अपि पावर र शिवम् सिमेन्ट छन् ।

प्रतिकृया दिनुहोस्