काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।