×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो

यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो

काठमाडौं । तनहुँमा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

नारायणगढबाट गोर्खा जाँदै गरेको मर्स्याङ्दी नदीमा खसेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि  उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार  टोली परिचालन भएको उनले बताए । उनले क्षतिको विवरण प्राप्त भइनसकेको बताए ।
 

प्रतिकृया दिनुहोस्