×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

गौतमवुद्ध विमानस्थलमा फ्लाइ दुबइको जहाज अवतरण

गौतमवुद्ध विमानस्थलमा फ्लाइ दुबइको जहाज अवतरण

काठमाडौं । भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दोस्रो विमान पनि अवतरण गरेको छ । शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज अवतरण भएको हो ।

दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा अवतरण गरेको थियो । यस उडानबाट आएका १० यात्रु भैरहवामा ओर्लिएका छन् । बाँकी १४९ जना यात्रु लिएर यो जहाज अब काठमाडौं आउनेछ ।

भैरहवाबाट शनिबार राति नै नेपाल वायु सेवा निगमले पनि उडान गर्दैछ ।

गौतमवुद्ध विमानस्थलबाट यो हप्ता आइतबार, बुधबार, शुक्रबार र शनिबार २/२ र सोमबार, मंगलबार र बिहीबार ३/३ उडान हुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्