×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो गएको थियो । तीनै ठाउँको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहानैदेखि मेसिन परिचालन गरीसडकको पहिरो हटाएसँगै सवारी साधर दुईतर्फी सञ्चालनमा आएका हुन् ।

सोमबार साँझ विभित्र ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो । सडक सञ्चालन भएपनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चाप बढेको छ ।

प्रतिकृया दिनुहोस्