×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बागमतीमा नयाँ सरकार गठन दाबी पेस गर्न २४ घण्टाको समय

बागमतीमा नयाँ सरकार गठन दाबी पेस गर्न २४ घण्टाको समय

हेटौंडा । बागमती प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि भोलि (मंगलबार) दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी गराएका छन् ।

संविधानको धारा ६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो (साउन १८) गतेबाट लागू हुनेगरी आज स्वकीय सचिवमार्फत राजीनामा पठाएका थिए । उनको राजीनामा पत्र पाएलगत्तै प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।

प्रतिकृया दिनुहोस्