×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

क्यानले माग्यो १७ कर्मचारी

क्यानले माग्यो १७ कर्मचारी

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । 

स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग भएको हो । 

योग्यता पुगेका नेपाली नागरिकहरूले  एक्काइस दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्त फारामसाथ नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र आफूले प्राप्त गरेको उद्धार तथा अग्नि निवारण सम्बन्धी आधारभूत तालिमका प्रमाणित प्रतिलिपिहरूका साथै विज्ञापनसँग सम्बन्धित पदको दरखास्त दस्तुर बुझाएको नगदी रसिद समेत पेस गर्न आग्रह गरिएको छ । 

प्रतिकृया दिनुहोस्