×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने तय भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश पेस गर्ने निर्णय गरेको हो ।

बैठकले आजदेखि प्रारम्भ हुने राष्ट्रियसभाको २१औँ अधिवेशनको कार्यसूची तयार गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी रहेका थिए ।
 

प्रतिकृया दिनुहोस्