×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भिण्डी, हरियो लसुन, काँक्रा र भेडे खुर्सानीको भाउ बढ्यो

भिण्डी, हरियो लसुन, काँक्रा र भेडे खुर्सानीको भाउ बढ्यो

काठमाडौं । आज केही तरकारी तथा मसलाको थोक मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भिण्डी, काँक्रो, भेडे खुसर्सानी, हरियो लसुन र कन्य च्याउको मूल्य बढेको हो ।

आज हरियो लसुनको मूल्य अत्यधिक बढेको छ । सोमबार ५५ रुपैयाँ किलो कारोबार भएको लसुनको मूल्य आज ८५ कायम गरिएको छ ।

आज भिण्डीको मूल्य किलोको ८० रुपैयाँ निर्धारण गरिएको छ । सोमबार यसको मूल्य ६५ थियो । यस्तै, हाइब्रिड काँक्रो किलोमा १० रुपैयाँ बढेर ४५ पुगेको छ ।

आज भेडे खुर्सानी ९० बाट बढेर १०५ रुपैयाँ किलो कारोबार भएको छ । कन्य च्याउको मूल्य पनि थोरै बढेको छ । कन्य च्याउको मूल्य १५० बाट १५६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्