×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

२१औँ स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी कार्यक्रम सम्पन्न

२१औँ स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रेस सेन्टर नेपालले २१औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदै छ । प्रेस सेन्टरको केन्द्रीय समितिको आयोजनामा आज बिहान काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । 

विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको सङ्गठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए । 

प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष जुगल सापकोटाले जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितका पक्षमा आफूहरू प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको बाटोमा अविचलित रूपमा अगाडि बढ्ने प्रण उनीहरुले गरेका थिए । 

प्रतिकृया दिनुहोस्