×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपाली नागरिकसरहको नागरिकता दिन एनआरएनएको माग

नेपाली नागरिकसरहको नागरिकता दिन एनआरएनएको माग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकसरहको नागरिकता माग गरेको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा एनआरएनएका प्रतिनिधिहरूले यस्तो माग राखेका हुन् ।

गैरआवासीय नेपालीहरूलाई अहिले गैरआवासीय नागरिकता प्रदान हुँदै आएको छ । तर अंशबन्डा लगायतमा गैरआवासीय नागरिकतालाई मान्यता नदिएको उनीहरूको गुनासो छ ।

छलफलका क्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुने गरी नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष रविना थापाले मालपोतले समेत नचिन्ने गैरआवासीय नागरिकताले समस्या उत्पन्न भएको बताइन् ।

समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउन आवश्यक रहेको बताए । सरकारले प्रस्ताव ल्याएको खण्डमा नागरिकता ऐन संशोधन विधेयकमा समावेश गरेर अगाडि बढ्न सकिने उनको प्रतिबद्धता छ ।

प्रतिकृया दिनुहोस्