×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

फेवातालमा फसेका ८ जनाको उद्धार

फेवातालमा फसेका ८ जनाको उद्धार

काठमाडौं । हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको उद्धार भएको छ । डुंगा चढेर फेवाताल सयरमा गएका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरु केहीबेर त्यहीँ फसेका थिए ।

एउटा डुंगा  तालमै पल्टिएको थियो । त्यसमा सवार भरपुरका रेशम थापा र विजय सुनारलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिए । उनीहरुको अवस्था सामान्य छ ।

डुंगामै सवार अन्य ६ जनाको पनि उद्धार गरिएको उनले बताए । तालमन्दिर दर्शन गर्न गएका दर्शनाथीलाई पनि ल्याइएको उनले जानकारी दिए ।

अहिले पोखरामा हावाहुरीसहित पानी परिरहेको छ ।

प्रतिकृया दिनुहोस्