×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

मोदीसँगको भेटमा ट्रम्पद्वारा दिल्ली थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको घोषणा

मोदीसँगको भेटमा ट्रम्पद्वारा दिल्ली थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको घोषणा

मेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा गरेका छन्।

वहाँहरूले हाम्रो धेरै तेल तथा ग्यास किन्दै हुनुहुन्छ। वहाँहरूलाई चाहिएको छ। र हामीसँग त्यो छ, वाशिङटनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने।

मोदीले भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न हामी तेल र ग्यासको व्यापारमा ध्यान केन्द्रित गर्नुका साथै परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा गरेका छन।

ट्रम्पले आफ्ना व्यापार साझेदारहरूले पारस्परिक रूपमा आयात शुल्क सामना गर्नुपर्ने बताइरहँदा मोदीको दुई दिने भ्रमण भएको हो।

अमेरिकी आयातमा पहिल्यै ती देशले लगाएका भन्सारसँग मिल्ने गरी त्यस्ता जबाफी उपाय ट्रम्पले अघि सारेका छन्।

व्यापारका विषयमा मतभेद रहँदा रहँदै पनि ट्रम्प र मोदीबीच वर्षौँको व्यक्तिगत सम्बन्ध पाइन्छ। हाम्रो गजबको सम्बन्ध छ, अमेरिकाको राजधानीमा बिहीवार मोदीलाई स्वागत गर्ने क्रममा ट्रम्पले भने।

उनले अमेरिकाले भारतलाई सैन्य हार्डवेअरको बिक्री करोडौँ डलरले बढाउने र दिल्लीलाई एफ-३५ लडाकु जेट समेत दिने बताए।

आप्रवासनको मुद्दा चर्को रूपमा उठेको थियो जसक्रममा ट्रम्पले भारतलाई हजारौँको सङ्ख्यामा कागजातविहीन भारतीयलाई आफ्नो देश फिर्ता लैजान भन्लान् भन्ने ठानिएको थियो।

यसअघि मोदीले आफूहरूले अन्तरिक्ष, प्रविधि र अन्वेषणका बारेमा ट्रम्प निकट इलोन मस्कसँग कुरा गरेको बताएका थिए।

मोदीले भने ट्रम्पले उनको पहिलो कार्यकालमा काम गरेभन्दा दोबर गतिमा काम गर्न सक्नेमा म दृढ रूपमा विश्वस्त छु।

आफूहरूबीचको द्विपक्षीय वार्ताअघि ट्रम्पले आफ्ना सल्लाहकारहरूलाई संसारभरका आफ्ना व्यापार साझेदारहरूका लागि व्यापक रूपमा नयाँ आयात शुल्कको हिसाब गर्न आग्रह गरेका थिए जुन उनले एप्रिल १ बाट कार्यान्वयनमा आउन सक्ने बताए।

प्रतिकृया दिनुहोस्