×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

यू-१९ महिला विश्‍वकप : स्कटल्याण्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

यू-१९ महिला विश्‍वकप : स्कटल्याण्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्‍वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्ड विरुद्ध टस जितेको छ । टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी छन् । नेपालले आज दुई परिवर्तन गरेको छ ।

सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा आएका छन् । नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहनेछ ।

प्रतिकृया दिनुहोस्