काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।