×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

एबीसी ओभरसिजका सञ्चालक गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

एबीसी ओभरसिजका सञ्चालक गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । बहुविवाह गरेको आरोपमा पक्राउ परेका एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ललितपुर जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

बहुविवाह गरेको आरोपमा गहतराज जेठ २१ मा साँझ पक्राउ परेका थिए । शमशेर गहतराजले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ । आरोपीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । 

गहतराज विरुद्ध उनकी जेठी पत्नीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शमशेर गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा मेनपावर सञ्चालन गरेका छन् ।
 

प्रतिकृया दिनुहोस्