काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँ घटेर प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।