×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

देउवा र शेखर समूहका १९ जना केन्द्रीय सदस्य मनोनित

देउवा र शेखर समूहका १९ जना केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।

सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । परियार नेता डा. शेखर कोइराला निकट मानिन्छन् भने पूर्व सहमहामन्त्री यादव पूर्वसभापति देउवा पक्षधर हुन् ।

विशेष महाधिवेशनपछि पहिलोपटक केन्द्रीय समिति सदस्य थपेका सभापति थापाले पूर्व पदाधिकारी र केन्द्रीय सदस्य थपेर आफ्नो नेतृत्वको समिति विस्तार गरेका हुन् ।

प्रतिकृया दिनुहोस्