×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ

काठमाडौँ । अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित जवाफ मगाएको छ । कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।

आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । थापाले गत बिहीबार थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस्