×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धनुषासहित ३ जिल्लाको विद्युत सेवा २४ घण्टादेखि ठप्प

धनुषासहित ३ जिल्लाको विद्युत सेवा २४ घण्टादेखि ठप्प

काठमाडौं । ढल्केबर नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आगलागी भएपछि बुधबार बिहानैदेखि धनुषा, महोत्तरी र सर्लाही जिल्लमा विद्युत सेवा प्रभावित भएको छ ।

धनुषामा विद्युत सेवा पूर्णरुपमा ठप्प छ भने महोत्तरी र सर्लाहीको विभिन्न क्षेत्रमा आंशिक ठप्प छ । २४ घण्टाभन्दा लामो समयदेखि विद्युत सेवा ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।

गर्मीको समयमा पंखाकुलर चलाउन, इनार तथा कलबाट मोटरबाट पानी तान्न, विद्युतीय उपकरण चलाउन समस्या भएको छ ।

बुधबार बिहान ढल्केबर ग्रिडमार्गबाट सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी हुँदा सबस्टेसनका विभिन्न पार्टपुर्जा जलेर नष्ट भएको छ । हिजोदेखि नै मर्मत सम्भारको काम जारी छ ।

आज बिहान १० बजेसम्म विद्युत सेवा पुनः सुचारु हुन सक्ने सबस्टेशन शाखा प्रमुख विनोद लोहनीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्