काठमाडौँ । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६ सयले बढ्दै एक लाख ७० हजार २ सय कायम भएको छ ।
सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भैरहेको छ ।