काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये चार जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी घाइतेहरुलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो जिप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको थियो ।
सो जिपमा उच्च अदालत वीरगञ्ज इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए । घाइतेहरुमध्ये गम्भीर अवस्थाका ४ जनालाई काठमाडौं ल्याइएको हो ।