×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा (सूचीसहित)

सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो । 

गृह मन्त्रालयको सूची अनुसार सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मन्त्रालय तानिएका छन् । उदयपुरका प्रमुख जिल्लदा अधिकारी हरिप्रसाद घिमिरे पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन् । उनी उपसचिव हुन् । गृहका जगदिश्वर उपाध्यायको सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । 

यस्तो छ सरुवा हुनेको सूचीsuchi

 

प्रतिकृया दिनुहोस्