×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

डाक्टरले चलाएको कारको ठक्करबाट वरिष्ठ सईको मृत्यु

डाक्टरले चलाएको कारको ठक्करबाट वरिष्ठ सईको मृत्यु

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ ।

विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय यादवको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको हो । दुर्घटनामा उनकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

सप्तरी घर भएका मृतक यादव हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भएका थिए । तर उनी हाजिर हुन पाएका थिएनन् ।

प्रहरीले कार चालक ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ । उनी रेडियोलोजिस्ट हुन् । उनी विराटनगरबाट कामका लागि जाँदै गर्दा दुर्घटनामा परेका थिए ।
 

प्रतिकृया दिनुहोस्