×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले दिए राजीनामा

वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले दिए राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले पदबाट राजीनामा दिएका छन् । अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएपछि डा.शर्माले राजीनामा दिएका हुन् ।

हिजो नै स्वास्थ्य मन्त्रालय पुगेर आफूले राजीनामा बुझाएको डा.शर्माले जानकारी दिए ।

अन्य पदाधिकारीले समेत पद छाडेकाले आफूले पनि राजीनामा दिएको उनले बताए । ‘मेरो कार्यकाल पनि धेरै बाँकी छैन, नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएँ’ डा.शर्माले भने ।

स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका डा।शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । शर्माले राजीनामा दिएपछि वीर अस्पताल पदाधिकारीविहीन भएको छ ।

अध्यादेश जारी भएसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष र लगायतका पदाधिकारीलाई हटाइएको थियो ।

प्रतिकृया दिनुहोस्