काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १५ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।