×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कीर्तिपुरकी कार्यवाहक उपमेयरको कार्यकक्षमा तोडफोड

कीर्तिपुरकी कार्यवाहक उपमेयरको कार्यकक्षमा तोडफोड

काठमाडौं । कीर्तिपुर नगरपालिकाकी कार्यवाहक उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता)को कार्यकक्षमा एक वडाध्यक्षले तोडफोड गरेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक उपमेयरको कार्यकक्षमा शनिबार दिउँसो तोडफोड गरेका हुन् ।

कर्मचारीहरूले वडाको काममा ढिलासुस्ती गरिदिएको गुनासोसहित उनी उपमेयरको कार्यकक्षमा पुगेका थिए । त्यही विषयमा विवाद हुँदा उनले टेबुल फुटाएको एक कर्मचारीले जानकारी दिए ।

‘उपमेयर शाक्यले वडाध्यक्षले माफी माग्नुपर्छ भनेर फुटेको टेबुल पनि उठाइएको छैन,’ ती कर्मचारीले भने । वडाध्यक्ष महर्जनलाई यसबारे सोध्न खोज्दा उनले फोन उठाएनन् ।

प्रतिकृया दिनुहोस्