×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा

चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ । चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने निर्णय गरेको छ । चीन भ्रमणमा रहेको कांग्रेस प्रतिनिधिमण्डल र सिचवान प्रान्तीय सरकारका मन्त्री र नेताहरूको छलफलपछि सिचवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो । 

छलफलमा नेतृ कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा चीनबाट लुम्बिनी र लुम्बिनीबाट पोखरा सिधा उडान सुरु गर्न आग्रह गरेकी थिइन् । उनले आफूले राखेको एउटा प्रस्ताव तुरुन्त सम्बोधन भएको र अर्को प्रस्ताव पनि चाँडै सम्बोधन हुने विश्वास समेत व्यक्त गरेकी छन् । 

चिनियाँ कूटनीतिज्ञ सरलाले कोइरालाको भ्रमणलाई आफूहरूले महत्त्वपूर्ण रूपमा लिएको र छात्रवृत्तिको विषय भ्रमणको महत्त्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएकी छन् । सरलाले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै राजनीतिक दलहरूसँग समानस्तरको सम्बन्ध राख्न चाहेको धारणा समेत राखिन् । 

चीनले विचारको विभाजन रेखा राखेर दृष्टिकोण नबनाउने स्पष्ट पार्दै उनले  यो भ्रमण कांग्रेससँगको सम्बन्ध अझै बलियो बनाउने उद्देश्यबाट अभिप्रेरित भएको समेत  बताइन् ।  भ्रमण टोलीलाई सिचवानको प्रसिद्ध पर्यटकीय क्षेत्र कुवानझाईको अवलोकन समेत गराइएको थियो ।

बिहीबार चान्सी  च्योङ समाजवादी नमुना गाउँको समेत अवलोकन भ्रमण गराइएको थियो । सो गाउँलाई चिनियाँ समाजवादी विकासको नमुना गाउँ समेत मानिन्छ ।  त्यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको संस्कृतिप्रतिको दृष्टिकोणबारे भ्रमण टोलीलाई जानकारी गराइएको थियो । यस्तो चीनको विकास र आगामी योजनाका विषयमा अन्तरक्रिया समेत भएको थियो ।

प्रतिकृया दिनुहोस्