×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री सुरु गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँमा बिक्री भइरहेको छ । 

खाद्यले  २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको र अरू ल्याउने क्रम जारी रहेको थापाथली स्थिति प्रादेशिक  खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख ज्ञानु थापाले बताइन् ।

चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।
 

प्रतिकृया दिनुहोस्