×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

निकासी पैठारी नियमन सम्बन्धी विधेयक संसद्‌मा दर्ता

निकासी पैठारी नियमन सम्बन्धी विधेयक संसद्‌मा दर्ता

काठमाडौं । निकासी पैठारी नियमन सम्बन्धी विधेयक संसद्‌मा दर्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।

वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले विधेयक ल्याएको मन्त्री भण्डारीले बताएका छन् ।

मन्त्रालयका अनुसार निकासी, पैठारीलाई प्रभावकारी बनाउने, निकासी सम्बन्धी कार्यलाई थप सहजीकरण गर्ने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अन्तर्गत यो विधेयक आएको हो ।

राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बनाएर देशको आर्थिक विकासमा सहयोग पुर्‍याउने विधेयकको उद्देश्य छ ।

प्रतिकृया दिनुहोस्