×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

२१.३२ अंकले बढ्यो सेयर बजार

२१.३२ अंकले बढ्यो सेयर बजार

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से २१.३२ अंक बढेको छ । अघिल्लो कारोबार दिन ४.१२ अंक बढेको नेप्से आजको वृद्धिपछि २६२१ अंकमा कायम भएको छ । योसहित लगातार पाँचौं दिन सेयर बजार बढेको हो ।

आजको बजार वृद्धिका लागि बैंकिङ समूहकै योगदान बढी रह्यो । बजारको सबैभन्दा ठूलो यो समूह सबैभन्दा धेरै १.४५ प्रतिशत बढ्यो । बजारको कुल पूँजीकरणमा बैंकिङ समूहको हिस्सा २५.४४ प्रतिशत छ । बैंकिङ समूहको उच्च वृद्धिले समग्र नेप्से परिसूचकमा आज राम्रो वृद्धि देखियो । बैंकिङ समूहको सूचक चैत १० यताकै उच्च विन्दु १५६५ अंकमा पुगेको छ ।

आज बैंकिङसँगै सबै समूहगत सूचक बढेका छन् । विकास बैंक १.१९, फाइनान्स ०.०४, जलविद्युत् ०.२९, होटल तथा पर्यटन ०.०४, लगानी ०.५२, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा १.२०, अन्य ०.६३ तथा व्यापार ०.८० प्रतिशत बढे ।

आज कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १३ करोडको भयो । १८८ कम्पनीको मूल्य बढ्दा ८० को घटेको छ। ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

उपकार लघुवित्तको मूल्य ४.९५ प्रतिशत बढ्यो । ग्रिन भेन्चर्सको ४.२०, नेपाल वेयरहाउजिङको ३.८६, ओरियन्टल होटल्सको ३.७४, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.५७, टक्सार पिखुवाखोलाको ३.१७, एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत मूल्य बढ्यो ।

सगरमाथा जलविद्युत् कम्पनीको ६.३२, एभरेस्ट कलरको ४.९५, स्वाभिमान लघुवित्तको ३.७५, अपर लोहोरेखोलाको ३.६४, सिटी होटलको ३.३३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, सिटी होटल माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्