बिहारको अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा ७ जनाको मृत्यु बिहारको अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा ७ जनाको मृत्यु
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

बिहारको अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा ७ जनाको मृत्यु

बिहारको अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको बिहार राज्यमा पर्ने लखिसरायस्थित अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ । लखिसरायका सब डिभिजनल प्रहरी अधिकारी (एसडीपीओ) शिवम कुमारले सोमबार बिहान अशोकधाम मन्दिरमा उक्त घटना भएको बीबीसीलाई जानकारी दिएका छन् ।

शिवम् कुमारका अनुसार घटनामा अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।

लखिसरायका जिल्ला अधिकारी शैलेन्द्र कुमार घाइतेहरूलाई भेट्न सदर अस्पताल पुगेका थिए । उनले त्यहाँ पत्रकारहरूलाई घटनाबारे जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुने सबै सात जना महिला हुन् ।

‘अशोकधाम हल्ट रेलवे स्टेसनको ठिक अगाडिदेखि मन्दिरसम्म लामो लाइन लागेको थियो । त्यही समयमा स्टेसनमा दुईवटा रेल पनि आइपुगे । यसैबीच विद्युतको पोल ढलेको अफवाह फैलियो,’ जबकी वास्तवमा केवल बिजुलीको तार मात्र चुँडिएको थियो,’ उनले भने, ‘त्यसपछि बायाँतर्फ रहेको महिलाहरूको लाइनमा दबाब बढ्यो र महिलाहरू एकमाथि अर्को खस्दै गए ।’

प्रतिकृया दिनुहोस्