×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटीमाथि रोक लगाउन सर्वोच्चको परमादेश

अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटीमाथि रोक लगाउन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले कानुनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल र विभिन्न माध्यम ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन दायर भएको रिटमा परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार दुई वटा रिटमाथि सुनुवाइ गर्दै निवेदकको मागबमोजिम परमादेश जारी गरेको हो ।

२०७७ पुसमा अधिवक्ता वीपी गौतमले विदेशी विज्ञापनसहितका सामाजिक सञ्जाल प्लेटफर्महरू निर्वाध प्रसारणमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए । 

रिट निवेदनमा अनधिकृत ओभर दी टप ओटिटी तथा युट्युबलगायत इन्टरनेट ब्राउजरमा भएका अनधिकृत प्रसारण सेवाहरूलाई रोक्न परमादेश माग गरिएको थियो । 

प्रतिकृया दिनुहोस्