×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाले गठन गर्‍यो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल

नेकपाले गठन गर्‍यो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ । केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले कार्यदल गठन गरेको हो ।

सरकारले संविधन संशोधनको मस्यौदा तयार गरी सबै दलहरूको सुझाव लिइरहेको अवस्थामा नेकपाले आफ्नातर्फबाट संविधान संशोधनका मुद्दा तय गर्न कार्यदल बनाएको हो ।

कार्यदलमा नेताहरू देव गुरुङ ,प्रकाश ज्वाला, प्रेमबहादुर सिंह ,रणध्वज कन्दङ्‌वा, रेखा शर्मा, ई। गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बर थापा, जगदेव चौधरी र रामबहादुर चौधरी सदस्य छन् ।
 

प्रतिकृया दिनुहोस्