×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

यु-१९ विश्वकप एसिया छनोट : नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

यु-१९ विश्वकप एसिया छनोट : नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैछ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित समयभन्दा २ घण्टा ढिला गरी भएको टस जितेर यूएईका कप्तान पृथ्वी मधुले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानमा असर परेपछि केही भाग सुकाउने कामले गर्दा ढिलाइ भएको थियो ।

खेल ४० ओभरमा घटाइएको छ ।

नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमान सहभागी छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।

नेपालको टोली : नरेन भट्ट (कप्तान), निरज यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन बिक, दिलसाद अली, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, सन्तोष यादव

प्रतिकृया दिनुहोस्