×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

रसुवामा बस दुर्घटना हुँदा १२ जना घाइते

रसुवामा बस दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौं। रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बस उत्तरगया गाउँपालिका वडा-५ लहरेपौवामा दुर्घटना भएको छ।

रसुवाको पासाङल्हामू मार्ग अन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहले जानकारी दिए ।

उनका अनुसार दुर्घटना बस सडकबाट ३० मिटर तल बसेको छ भने १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले बताए ।

घाइते भएका सबैलाई जिल्ला अस्पताल त्रिशुली पठाइएको इन्स्पेक्टर शाहले बताए ।

प्रतिकृया दिनुहोस्