×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको कमान्डमा प्रहरी परिचालन

बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको कमान्डमा प्रहरी परिचालन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरिरहेको बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउको विरुद्धमा प्रदर्शनमा सहभागी भएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भिड नियन्त्रणका लागि यथेष्ट मात्रामा प्रहरी परिचालन गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । उनले भने, ‘आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ 

प्रदर्शनस्थलमा सुरक्षाको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी पवन भट्टराईले गरेका छन् । डिएसपीहरू मदनजित महरा, सुनिलजंग शाह, सत्य थापा र सुकदेव खनाल सहितका डिएसपी खटिएका छन् ।

प्रतिकृया दिनुहोस्