×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विद्यालयको खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

विद्यालयको खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

जनकपुरधाम । दिवा खाजामा छेपारो परेपछि महोत्तरीको एक विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन् । पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयका बालबालिकाको दिवाखाजामा छेपारो परेको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको थियो ।

ती बालकले छेपारो देखेपछि कसैलाई नभनी खाजा फालेर घर फर्केर अभिभावकलाई सुनाएका थिए । त्यसपछि अभिभावकले खाजामा छेपारो परेको भनेपछि केही बालबालिकाले वाकवाकी लागेको बताएका थिए ।

अभिभावक र विद्यालयले तत्कालै खाजा खाएका ६० बालबालिकालाई निगरानीका लागि प्रादेशिक अस्पताल  जनकपुर ल्याएका छन् ।

व्यवस्थापन समिति अध्यक्ष महतोका अनुसार कसैलाई त्यस्तो समस्या छैन । तर पनि कुनै घटना नहोस् भनेर बालबालिकालाई अस्पताल ल्याइएको बताए ।

यता प्रादेशिक अस्पताल जनकपुरका आकस्मिक कक्ष इन्चार्ज शरद यादवले बालबालिकामा यस्तो कुनै समस्या नदेखिएको बताए । अभिभावकहरू चिन्तित भएर अस्पतालको निगरानीमा राखेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्