काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोप लागेको छ । उनीमाथि आजबाट संसदीय सुनुवाइ चलिरहेको छ ।
यसैबीच एक उजुरीकर्ताले उनीविरुद्ध नेपोबेबीको आरोप लगाएका हुन् । संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासङ छलफल जारी छ । कतिपयले शर्माको योग्यता र क्षेमतामा समेत प्रश्न उठाएका छन् ।
उनीविरुद्ध १६ वटा उजुरी परेको छ । ‘नेपोबेबीको आरोप एक जनाले लगाएका छन् । बाँकी त्यस्तो केही उजुरी छैन,’ सुनुवाइ समितिका एक सांसदले भने ।
कतिपयले समग्र न्यायपालिकाको गरिमाको विषय पनि उठाएका छन् ।