×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको सर्टिफिकेट फर्जी भएको आशंका

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको सर्टिफिकेट फर्जी भएको आशंका

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल र जसपाका सांसद प्रकाश अधिकारीले भने नियुक्ति अनुमोदनप्रति असन्तुष्टि जनाउँदै फरक मत राखेका छन्। 

बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको समितिको बैठकले स्नातक तहको सर्टिफिकेट नभएका कारण श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको बारेमा भने फेरि अर्को बैठकमा छलफल गरेका छन् ।

प्रस्तावित राजदूतलाई अनुमोदन गर्ने बारेमा छलफल हुँदा प्रस्तावित राजदूत भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् । 

नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका भट्टराईको सर्टिफिकेट नभेटिएपछि बैठकबाट बाहिर निस्केर नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की र नेपाली कांग्रेसका सचेतक समेत रहेका घिमिरेले भट्टराईलाई फोन गरी सर्टिफिकेट बुझाउन आग्रह गरेका थिए।

प्रतिकृया दिनुहोस्