×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अर्चलेमा २ वर्षीया बालिकाको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्चलेका रबिन रम्तेलको छोरी  २ वर्षीया प्रिन्सिका रम्तेल रहेको प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक बल बहादुर माझीले जानकारी दिए ।

प्रहरीका अनुसार बालिकाको आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबेर मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धान गरी बालिकाको शव पोस्टमार्टमको लागि सिन्धुली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्