काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकतालाई मान्यता दिएको छ । दुई दलको एकीकरणलाई मंगलबार मान्यता दिने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
‘लोसपा औपचारिक रुपमै जसपा नेपालमा गाभिएको छ,’ प्रवक्ता भट्टराईले भने ।
गत पुसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले एकीकरण गर्ने सहमति गरेको थियो । उनीहरूले एकताको मान्यता पाउन निर्वाचन अघि नै आयोगमा निवेदन दिएका थिए ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा जसपा नेपालले समानुपातिक तर्फ १ लाख ८२ हजार २८५ मत पाएको थियो ।